बीमा ऐन २०७९ को नियामावलीको प्रारम्भिक मस्यौदा तयार,बीमकको राय सुझाव लिईने
१६ फाल्गुन २०७९, मंगलवार ११:२५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०७९ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । मस्यौदा तयारी समितिले बीमा ऐन २०७९ तयार पारेर बीमकहरुसँग शुक्रबार छलफल गर्ने भएको छ । बीमा नियमावली बनाउन कानुन मन्त्रालयका सह सचिव शुसिल कोइरालाको संयोजकत्वमा असोज ३१ गते नै समिति तयार भएको थियो ।
त्यसपश्चात् देशको अस्थितर राजनिति र चुनावको कारण यस बिषयमा काम भएन । तर प्राधिकरणले उक्त समय चुनाव अघि अर्थमन्त्री जर्नादन शर्मा हुँदा नै नियामावली सकने योजना बनाएपनि सम्भव नभएको भन्दै पछि परेको थियो।











