१ हजार रुपैयाँले सस्तियो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२४ फाल्गुन २०७९, बुधबार ११:०५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबारको दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ ।

नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार छाफावाला सुनको प्रतितोला मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भैरहेको थियो ।

साथै, मंगलवार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँ कारोबार भैरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*