राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, भोलि साझ नै परिणाम आउने
२४ फाल्गुन २०७९, बुधबार १६:०१

काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।
बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो ।
आयोगका अनुसार कुनै बाधा अड्चन नआएको खण्डमा भोलि साझसम्म परिणाम आउने भएको छ ।












