शंखधर शाख्वाकाे ऋण माेचन अभियान पुनः सुरू भयाेः प्रसाई

२५ फाल्गुन २०७९, बिहीबार १०:१३

काठमाडाैं । नागरिक बचाउ अभियानका संयाेजक दुर्गा प्रसाद प्रसाईले सयाैं वर्ष अघि काठमाडाैं उपत्यकामा चलाएकाे ऋणमाेचन अभियान पुनः सुरू भएकाे बताएका छन् ।

आज काेटेश्रर, पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत प्रसाइले कान्तिपुर, ललितपुर र भक्तपुरमा शंखधर शाख्वाले चलाएकाे ऋण माेचन अभियान पुनः सुरू भएकाे बताउँदै २० लाखभन्दा तलकाे सबै ऋण मिनाहा गर्नुपर्ने अभियानलाई निष्कर्षमा पुर्याएरै छाेड्ने बताए ।

पत्रकार सम्मेलनमा आन्दाेलनकाे नयाँ कार्यक्रम घाेषणाा गरिएकाे छ । जसअनुसार चैत्र १ गतेबाट देशैभरि काेणसभा र चैत्र २४ गतेबाट अनिश्चितकालिन नेपाल बन्द गर्ने जनाएकाे छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*