भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

२ चैत्र २०७९, बिहीबार १७:०१

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

नेपालमा पेट्रोलको मूल्य घटाउने बारे कुनै पनि निर्णय नभएको आयल निगमले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*