बरुण हाइड्रोपावरको नयाँ संचालक समिति गठन, अध्यक्षमा भुषण गुरागाई

८ चैत्र २०७९, बुधबार ११:०२

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट ७ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।

साथै साधारण सभापश्चात् कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकबाट सातजनाको नयाँ संचालक समिति गठन भएका हुन् । जसमा संचालक समितिको अध्यक्षमा डा. भुषण गुरागाई रहेका छन् ।

त्यस्तै, अन्य संचालकहरुमा डा. अभिनव दाहाल, रमेश अधिकारी, सौरभ गुरागाई, सुदिप बासकोटा, पुनम कार्की र स्वतन्त्र संचालकमा सम्झना तजले रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*