आजै शपथ लिने मन्त्रीहरुको सूची तयार, कसले कुन मन्त्रालय पाउदैछन्?

१७ चैत्र २०७९, शुक्रबार १३:५४

काठमाडौं । आज शपथ लिने मन्त्रीहरुको सूची तयार भएको छ। प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार कांग्रेसबाट चार जनाको नाम फाइनल जनाएको छ। स्रोतका अनुसार पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् भने प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् ।
त्यस्तै, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा सिता गुरुङ शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् ।

यस्तै शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री कायम हुने भएकि छिन् । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनेछन् ।
स्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नेछन् । यस्तै जसपाबाट अकोश राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दा लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।

यस्तै नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दा नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएका छन् । यस्तै अब्दुल खान खानेपानी तथा सरसफाइ मन्त्रीमा कायम हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*