‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरुमा वैशाख ६ गतेदेखि आवेदन दिन सकिने

२४ चैत्र २०७९, शुक्रबार १०:३२

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु आउँदो वैशाख ६ गतेबाट आवेदन दिन सकिने भएको छ ।

कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गर्न लागिएको हो । कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत बिज पुँजीबापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

यो योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म खरिद आवेदन दिन पाइन्छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।

यो योजनाका इकाइ निष्कासन बन्द छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख २० गते बैंकिङ समयपछि हुनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*