सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
२६ चैत्र २०७९, आईतवार १०:४८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।
साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात शुक्रवारको दिन पनि १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।












