बाराही हाइड्रोपावरको नयाँ संचालक समिति गठन, अध्यक्षमा रामेश्वर पराजुली चयन
४ बैशाख २०८०, सोमबार १७:५३

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको चैत २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट ५ जना संचालकहरु निर्वाचित भएका हुन् ।
कम्पनीले संस्थापक समूहतर्फबाट रामेश्वर पराजुली, विदुर अधिकारी र यशोदा कुमारी भट्ट सर्वसाधारण समुहतर्फबाट शिव सागर शर्मा र स्वतन्त्र संचालकमा ज्योति दाहाल गरी ५ जना संचालक निर्वाचित गरेको हो ।
साथै साधारण सभापश्चात् बसेको नयाँ संचालक समितिको पहिलो बैठकले कम्पनीको संचालक समितिको अध्यक्षमा रामेश्वर पराजुलीलाई नियुक्त गरेको छ ।












