जेठ ७ गतदेखि कृषि बीमा स्थगन गर्ने बीमक संघका निर्णय, १४ बीमा कम्पनीको दुई अर्ब ९४ करोड बीमा शुल्क रोकिँदा समस्या

१ जेष्ठ २०८०, सोमबार १२:४३

काठमाडौं । बीमा कम्पनीहरुले कृषि बीमा शुल्क अनुदान बापतको रकम नपाएपछि नेपाल बीमक संघले यही जेठ ७ गतेदेखि कृषि तथा पशुपंक्षी बीमा पोलिसी जारी गर्ने र दावी भुक्तानी कार्य स्थगित गर्ने निर्णय गरेको छ ।
निर्जीवन बीमा कम्पनीहरुको संस्था संघले १४ बीमा कम्पनीको कूल दुई अर्ब ९४ करोड ४५ लाख ८१ हजार रुपैयाँ कृषि बीमा शुल्क रोकिएको जनाउँदै कृषि तथा पशुंक्षी बीमा सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको जनाएको छ । संघले बीमा शुल्क भुक्तानी नपाएसम्म नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्य स्थगित गर्न बाध्य भएको जनाएको छ ।

संघले २०७७ सालदेखिको कृषि तथा पशुपंक्षी बीमाको रकम प्राप्त हुन नसकेको जनाएको छ । विवरण अनुसार माछा बीमाको अनुदान २०७७ सालदेखिको बक्यौता रहेको छ भने बाली बीमाको अनुदान रकम २०७८ साल आश्विनदेखि बक्यौता रहेको छ । त्यस्तै पशुपंक्षी बीमाको अनुदान बापतको रकम २०७८ साल आश्विनदेखि बक्यौता रहेको छ ।

 

सरकारले कृषि बीमामा यसअघि ५० प्रतिशत अनुदान रहेको थियो भने गत आव र चालु आवमा ८० प्रतिशत कृषि बीमामा अनुदान दिइएको छ । सो अनुदान बापतको रकम उपलब्ध गराउन पटक पटक नेपाल बीमा प्राधिकरण, कृषि मन्त्रालय, कृषि विभागमा ताकेता गर्दा पनि वेवास्ता गरिएकोले बाध्य भएर बीमा पोलिसी रोक्नु परेको संघको भनाई छ ।

कृषि तथा पशुपंक्षी बीमाको बक्यौता रकमको सूचि

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*