‘नेप्से–३० इन्डेक्स’ अन्तिम चरणमा, कस्तो हुन्छ कम्पनी छनोट प्रकृया,कसरी पार्छ कारोबारमा फरक ?

काठमाडौं । । लामो समयदेखि विभिन्न वाहानामा अल्झिरहेकोे नयाँ परिसूचक ’नेप्से ३० इन्डेक्स’ अन्तिम चरणमा पुगेको छ। नेप्सेले अन्तिम चरणमा पुग्दा यसको सूचक गणना विधि लगायतमा लगानीकर्ता सहित सरोकारवालाहरूसँग सुझाव मागेको छ।
दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्से–३० इन्डेक्सबारे विभिन्न सरोकारवालाबाट सुझाव लिएर केही समयभित्रै यसलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’नेप्से ३० इन्डेक्स’ बजारमा तत्काल कारोबार योग्य रहेका सेयरहरूको बजार पुँजीकरणको आधारमा तयार पारिन लागिएको हो।
नेप्सेले प्रति सेयर चुक्ता मूल्यभन्दा प्रति सेयर कितावी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षको मूल्यवृद्धि दरभन्दाबढी भएको कम्पनीहरूलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ।
त्यस्तै, कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरू (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरूको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ।फ्रि–फ्लोट बजार पुँजीकरण लिइदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ।
त्यस्तै, यी कम्पनीमा सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने व्यवस्था गर्न लागेको हो। पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रूपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुनेछन्।पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राख्न लागिएको हो।
यस्तो इन्डेक्स गणाना विधि पनि नेप्सेले सार्वजनिक गरेको छ। यस्तो इन्डेक्स तयार पार्दा माथि उल्लेखित छनोट विधि अनुसार आएका कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिएर कुल भार गणना गरिने भएको छ।
यसरी कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८÷८ वटा कम्पनी छानिने छन्।
समूहगत परिसूचकमा सूचीकृत कम्पनीको संख्या ८ भन्दा कम भएमा विधि अनुसार उपलब्ध सबै कम्पनीलाई सो इन्डेक्समा समावेश गरिने भएको छ।
यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरूलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ।
तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ। छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा भने प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनौट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पु¥याइने भएको छ।
यो इन्डेक्समा रहेका कम्पनीहरू हरेक वर्ष दुई पटक पुनरमूल्यांकन हुनेछन्। हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार यसरी पुनरमूल्यांकन गरेर कम्पनी परिर्वतन गरिनेछ।
यसका लागि नेप्सेले तयार पारेको यस्तो सूचक गणना विधि लगायतमा लगानीकर्ता सहित सरोकारवालाहरूसँग नेप्सेले राय सुझाव मागेको छ।
नेप्सेले प्रति सेयर चुक्ता मूल्यभन्दा प्रति सेयर कितावी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षको मूल्यवृद्धि दरभन्दाबढी भएको कम्पनीहरूलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ।
त्यस्तै, कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरू (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरूको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ।
फ्रि–फ्लोट बजार पुँजीकरण लिइदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ। त्यस्तै, यी कम्पनीमा सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने व्यवस्था गर्न लागेको हो।
पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रूपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुनेछन्।
पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राख्न लागिएको हो।
यस्तो इन्डेक्स गणाना विधि पनि नेप्सेले सार्वजनिक गरेको छ। यस्तो इन्डेक्स तयार पार्दा माथि उल्लेखित छनोट विधि अनुसार आएका कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिएर कुल भार गणना गरिने भएको छ। यसरी कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८÷८ वटा कम्पनी छानिने छन्।
समूहगत परिसूचकमा सूचीकृत कम्पनीको संख्या ८ भन्दा कम भएमा विधि अनुसार उपलब्ध सबै कम्पनीलाई सो इन्डेक्समा समावेश गरिने भएको छ।यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरूलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ।
तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ। छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा भने प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनौट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पु¥याइने भएको छ।
यो इन्डेक्समा रहेका कम्पनीहरू हरेक वर्ष दुई पटक पुनरमूल्यांकन हुनेछन्। हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार यसरी पुनरमूल्यांकन गरेर कम्पनी परिर्वतन गरिनेछ।
“प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत सङ्गठित संस्थाको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार सङ्ख्या तथा कारोबार कित्ताका आधारमा कूल भार (कम्पोजिट वेट) गणना गरिनेछ”, नेप्सेले भनेको छ, “सूचीकृत सङ्गठित संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत्, उत्पादनमूलक, व्यापार तथा सेवा गरी छ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नो समूहमा कूल भार (सेक्टरल कम्पोजिट वेट) गणना गरिनेछ ।”
यस्तो गणनापछि उच्चतम भार प्राप्त गर्ने संस्थाबाट आठवटा कम्पनी कम्पनी छनोट गरिनेछ । कुनै समूहमा आठ वटाभन्दा कम संस्था छनोट भएमा सबै संस्थालाई छनोट गरिने जनाइएको छ । अहिले नेप्सेमा विभिन्न १७ वटा इन्डेक्स छन् । सर्वसाधारण लगानीकर्ताको सबैभन्दा बढी चासो भने नेप्से इन्डेक्समा रहन्छ । नेप्से इन्डेक्समा सूचीकृत सबै कम्पनीको कारोबार प्रतिविम्बित हुन्छ । राम्रा–नराम्रा, लामो समयदेखि कारोबार नभएकादेखि फ्रिक्वेन्टी कारोबार हुने सबै कम्पनी त्यहाँ हुन्छन् । जसकारण बजारको वास्तविक अवस्था प्रतिविम्बित नहुन सक्छ ।
यसअघि नेप्से–५० इन्डेक्स ल्याउने गरी छलफल भइरहेको भए पनि अन्तिममा नेप्से–३० इन्डेक्स जारी गर्ने निर्णयमा नेप्से पुगेको हो । यो इन्डेक्सबाट लगानीकर्ताले मुख्यगरी तीनवटा सुविधा पाउने छन् । पहिलो, यसले बजारको वास्तविक अवस्था देखाउनेछ । दोस्रो, नेप्से–३० लाई आफैँमा एक सेक्युरिटीका रुपमा कारोबार गर्न सकिनेछ भने तेस्रो यसले प्यासिभ म्युचुअल फन्डलाई सहयोग गर्ने ठानिएको छ ।
नेप्से–३० कार्यान्वयनमा लैजाने तयारी नेप्सेले गरिरहँदा यसलाई कार्यान्वयनका लागि वातावरण बनाउन सकिन्छ वा सकिँदैन भन्ने विषय भने स्पष्ट छैन । किनकि, नेप्से–३० इन्डेक्स कार्यान्वयनमा ल्याएसँगै यसलाई नै प्रोडक्टका रुपमा कारोबार गर्न लगानीकर्ता तयार हुनुपर्ने हुन्छ ।
लगानीकर्ताले नेप्सेमा लगानी गर्दा निश्चित प्रतिशत मुनाफा ९डेभिडेन्ट० को अपेक्षा गर्छन् तर नेप्से–३० इन्डेक्समा लगानी गर्ने लगानीकर्ताले मुनाफा भन्ने हुँदैन । कारोबारकै आधारमा त्यसको नाफा घाटा निर्धारण हुन्छ । जसकारण यस्तो प्रकृतिको इन्डेक्समा लगानी गर्नका लागि बजार तयार छ वा छैन भन्ने स्पष्टता देखिँदैन । बजारले ‘इन्भेस्टमेन्ट टुल’का रुपमा मात्रै यो इन्डेक्सलाई प्रयोग गर्न सक्नेछ । त्यस्तै, कम्पनीको प्राविधिक विश्लेषणले यो इन्डेक्समा काम गर्दैन । यसमा अनुमानका आधारमा कारोबार हुन्छ ।
नेप्से–३० इन्जेक्स जारी हुँदा यसबाट नेप्सेको काम पनि बढ्नेछ । किन भने तथ्याङ्क विश्लेषण र कारोबार नियमनको काम नेप्सेमा थपिन्छ । कम्पनीको क्राइटेरिया विश्लेषण गर्ने, नियमन गर्ने, इन्डेक्स एडजस्मेन्ट गर्नेलगायतका काम नेप्सेले गर्नुपर्ने हुन्छ ।












