‘सुस्तामा एसएसबीको बुटछाप, घण्टी सरकार चुपचाप’ भन्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन

३१ जेष्ठ २०८३, आईतवार १५:३२

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री बालेन शाहले हालै दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति तथा नवलपरासीको सुस्ता क्षेत्रमा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विरोध गर्दै वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले आइतबार प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धित विषयमा सरकार गम्भीर बन्नुपर्ने माग गरेका थिए। उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘सुस्तामा एसएसबीको बुटछाप, घण्टी सरकार चुपचाप’ लगायतका नारा लगाउँदै विरोध जनाएका थिए।

सङ्गठनले नेपाली भूमि र सीमासम्बन्धी विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले संवेदनशील अभिव्यक्ति दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको भनाइप्रति असन्तुष्टि व्यक्त गरेको छ। साथै सुस्ता क्षेत्रमा भएको भनिएको भारतीय पक्षको गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय हित र सीमाको सुरक्षाका लागि ठोस पहल गर्न माग गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*