बेइजिङ पुगेका परराष्ट्र मन्त्रीले गरे नेपाली समुदायसँग संवाद

३१ जेष्ठ २०८३, आईतवार १८:०३

काठमाडौं । उत्तरी छिमेकी राष्ट्र चीन भ्रमणको क्रममा बेइजिङ पुगेका नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले त्यहाँ रहेका नेपाली समुदायसँग संवाद गरेका छन्।

चार दिवसीय चीन भ्रमणका लागि आइतबार (आजै) मात्र बेइजिङ पुगेका खनालले त्यहाँ रहेको नेपाली दूतावासमा नेपाली समुदायसँग संवाद गरेका हुन्। नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा नेपाली समुदायसँग संवाद गरेका हुन्।

मन्त्री खनालले चीनका परराष्ट्र मन्त्री वाङसहित चीनका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्री खनाल यसअघि भारत भ्रमणमा गइसकेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*