बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१९ असार २०८०, मंगलवार ११:१३

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार सुनचाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिनस सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ कारोबारको अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढेर १ लाख ३७५ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*