जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा

१९ असार २०८०, मंगलवार १८:५८

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वरिष्ठता तथा कार्यक्षमताका आधारमा रिक्त सचिव पदमा उपाध्यायलाई बढुवा भएको हो ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*