कर्मचारी सञ्चय कोषले ब्याजदर घटायो

२५ असार २०८०, सोमबार १८:४०

काठमाडौं ।नयाँ ब्याजदर सञ्चय कोष सञ्चालक समितिले पारित गरिसकेको छ। सञ्चयकर्तालाई लिने र लिने दुवैको ब्याजदर ०।५ प्रतिशत घटाएको कोषले जानकारी दिएको छ।

सञ्चय कोष लगानी विभाग प्रमुख ठाकुरजंग थापाको संयोजकत्वमा गठित अध्ययन समितिले सञ्चयकर्ताको निक्षेप र कर्जाको ब्याजदर १।५ प्रतिशत बिन्दुसम्म घटाउन सिफारिस गरे पनि सञ्चालक समितिले ०।५ प्रतिशत बिन्दुमात्र घटाउने निर्णय गरेको हो।

संस्थागत निक्षेपको ब्याजदर घटेका कारण सञ्चय कोषलाई अहिले दबाब छ। नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले घटाएपछि यसको असर सञ्चय कोषलाई पर्दै आएको छ। कोषले संस्थागत निक्षेपमा २ प्रतिशत बिन्दु सीमा हटाउन लागिपरेको छ।

बैंकहरूमा लगानीयोग्य रकम बढ्दै गएकाले ब्याजदर कम हुने अनुमान कोषको छ। बैंकिङ प्रणालीमा अधिक तरलता छ। यस्तै कर्जा–निक्षेप अनुपात ९सिडी रेसियो० ८२।८८ प्रतिशत छ। अन्तरबैंक ब्याजदर २।४६ प्रतिशत छ। बैंकहरूमा तरलता थुप्रिएपछि अन्तरबैंक ब्याजदर निरन्तर घट्दै आएको छ।

२०७९ साउन १ बाट लागू हुने गरी सञ्चय कोषले बचत र ऋण दुवैको ब्याजदर १।५ प्रतिशत बिन्दुले बढाएको थियो।कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर १।५ प्रतिशत बिन्दुले बढाएर ८ प्रतिशत पु¥याएको थियो। आगामी साउनदेखि ७।५ प्रतिशतमा झर्ने भएको छ।
यस्तै सञ्चयकर्तालाई दिने ऋणको ब्याजदर १।५ प्रतिशत बिन्दुले बढेर ९।१ प्रतिशत पुगेकोमा अब घटेर ८।६ प्रतिशत हुने भएको छ।

सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९।७५ प्रतिशत कायम गरिएकोमा अब ९।२५ प्रतिशत हुने भएको छ।

यस्तै जग्गा खरिद र सरल चक्र कर्जामा १०।२५ प्रतिशत भएकोमा ९।७५ प्रतिशत कायम हुने भएको छ। कोषको बचत र ऋणको ब्याजदर अन्तर १ प्रतिशत छ। सञ्चय कोषमा निजामती सेवा, सेना, प्रहरीलगायत अन्य संस्थागत गरी ६ लाख सञ्चयकर्ता आबद्ध छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*