१०० किलो अवैध सुन नेपाल भित्र्याउने ६ जना को- को हुन् ?
४ श्रावण २०८०, बिहीबार १३:०१

काठमाडौं । १०० किलो अवैध सुन नेपालमा भित्रिएको ठूलो परिमाणको सुनसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्।
राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो।
क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकलर स्कुटरको ब्रेक शुभित्र सुन राखेर भित्र्याएको पाइएको हो। सुन अन्दाजी ८० देखि १०० किलो हुनसक्ने अनुमान छ।
दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ छन्। एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा छन्।
बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।












