मध्य भोटेकोशी जलविद्युतको लेखापरीक्षकमा हरि कुमार सिलवाल नियुक्त
५ श्रावण २०८०, शुक्रबार ११:३३

काठमाडौं । मध्य भोटेकोशी जनविद्युुत कम्पनी लिमिटेडको लेखापरीक्षकमा हरि कुमार सिलवाललाई लेखापरीक्षक नियुक्त गरिएको छ ।
उक्त कम्पनीको असार २० गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट कम्पनीको आ.व २०७९।८० को हिसाबकिताब लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा नियुक्त गरिएको हो ।
सो बापतको लेखापरीक्षण शुल्क मूल्य अंकित करबाहेक १ लाख ७८ हजार तोक्ने निर्णय समेत कम्पनीले गरेको सूचनामा उल्लेख गरिएको छ ।












