प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

११ श्रावण २०८०, बिहीबार ११:२०

काठमाडौं । साता कारोबारको पाँचौं दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ८ सय र चाँदीको २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ९५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम रहेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*