बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
१६ श्रावण २०८०, मंगलवार १०:५५

काठमाडौं । साता कारोबारको तेस्रो दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ४ सय र चाँदीको २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।












