नेपाल टेलिकमको सञ्चालकमा टोकराज पाण्डे नियुक्त
२३ श्रावण २०८०, मंगलवार १४:३५

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन् ।
नेपाल सककार अर्थ मन्त्रालयको साउन १० गतेको पत्रानुसार तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क २ मा भएको व्यवस्था अनुसार पाण्डे नियुक्त भएका हुन् ।
पाण्डेले साउन २२ गते पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । यसअघिका सञ्चालक उत्तर कुमार खत्रीको स्थानमा पाण्डेलाई नियुक्त गरिएको हो ।













