नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हरायो

२४ श्रावण २०८०, बुधबार १०:१६

काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको छ । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।

काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।

सूचनामा उल्लेख भएअनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको छ। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि आग्रह गरिएको छ।

ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक र ग्राहकलाई सूचनामा आग्रह गरिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*