लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको बुकक्लोजको मिति तय
२५ श्रावण २०८०, बिहीबार ११:५४

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।
यी दुबै फण्डहरुले साउन ३२ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । भएका छन्। यस अनुसार साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने लक्ष्मी उन्नती कोष (ीग्प्) ले करसहित ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने भने कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।












