सुन चाँदीको मूल्यमा स्थिरता, कतिमा हुँदैछ आजको कारोबार ?
२८ श्रावण २०८०, आईतवार १३:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुन तथा चाँदीको मूल्यमा स्थिरता आएको छ ।
अघिल्लो दिन छापावाला सुनको प्रतितोला मूल्य १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिनकै मूल्य हो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोृबार भइरहेको छ । अघिल्लो दिनपनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।












