अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीको दौडधुप, गर्भनर देखि उद्योग व्यवसायीसँग छलफल तीव्र

२९ श्रावण २०८०, सोमबार १४:०५

काठमाडौं।  अर्थमन्त्री डा। प्रकाशशरण महत अर्थतन्त्रलाई चलायमान बनाउन दौडधुप गरिरहेका छन्। मन्त्री महतको एकमात्र लक्ष्य देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो। निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री महत युद्धस्तरमा लागेका छन्।

पछिल्लो समय मन्त्री महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा वैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरिरहेका छन्। राजश्व संकलनमा देखिएको समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन कहाँ समस्या छन् त्यसलाई पहिल्याउन उनी निरन्तर लागिपरेका छन्।

देश दौडाहामा निस्किएर राजश्व र भन्सार कार्यालयहरु निरीक्षण अनुगमन गर्दा राजश्व संकलनमा देखिएका समस्या समाधानका लागि तुरुन्त कदम चाल्न आवश्यक निर्देशन मन्त्री महतले दिइरहेका छन्।

हिजोमात्रै निजी क्षेत्रका ३ वटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका गर्भनर र नेपाल बैंकर्स संघसँग छलफलमा मन्त्री महत जुटे। उनले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ०हरुलाई अर्थ मन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुका कारणबारे जानकारी लिए। अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीईओहरुलाई जिज्ञासा राखेका थिए।

भन्सार विभागद्वारा आइतबार आयोजित भन्सार व्यवस्थापन कार्यशालामा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री महतले कर्मचारीले सोचमा परिवर्तन गर्न ढिलो गर्न नहुने बताएका थिए। जिम्मेवारीमा सम्झौता नगरी काममा व्यावसायिकता, सम्मान र समर्पण हुनुपर्नेमा उनले जोड दिए।

मन्त्री महतको व्यस्तता बिहानदेखि राति अबेरसम्म हुने गरेको छ। कसरी देशको अर्थतन्त्रलाई लयमा ल्याउने, वैदेशिक लगानी कसरी भित्र्याउने, निजी क्षेत्रको लगानी कसरी वृद्धि गर्ने र राजश्व संकलनमा कसरी लक्ष्य भेट्टाउने योजनाको कार्यान्वयमा उनको व्यस्तता रहेको छ।

मन्त्री महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता ९स्टार्टअप०, आईटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएकोले यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले देशमै स्वरोजगार बन्न आग्रह गरेका छन्।

गत शुक्रबार मन्त्री महतले अमेरिकी सहयोग नियोग ९यूएसआईडी०बाट सञ्चालित आयोजनाको प्रगति समीक्षामा घनीभूत छलफल गरेका थिए। अनुदान रकम बढाउन, जलवायु परिवर्तनलाई सम्बोधन गर्ने गरी सहयोग दिन, नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण पूर्वाधारका आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल हुने क्षेत्रमा लगानी गर्न दातृ निकायहरुसँग मन्त्री महत निरन्तर छलफलमा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*