आम्दानी बढ्दा मध्य भोटेकोशीको नोक्सानमा केही सुधार, इपीएस कति ?
२९ श्रावण २०८०, सोमबार १६:२५

काठमाडौं । अघिल्लो वर्ष ४ करोड ३५ लाख रुपैयाँ नोक्सान बेहोरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको यस त्रैमासमा केही सुधार देखिएको छ । यस त्रैमासमा कम्पनीको नोक्सान ४ करोडबाट घटेर ३ करोड ४४ लाख रुपैयाँमा कायम भएको छ ।
उक्त अवधिसम्ममा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको तथ्यांकमा देखिएको छ । कम्पनीले ३ करोड ७० लाख रुपैयाँ कुल आम्दानी प्राप्त गरेको छ । असार मसान्तसम्ममा कम्पनीको सञ्चालन घाटा ५ करोड ३३ लाख रुपैयाँ रहेकोमा अघिल्लो वर्ष कम्पनीको यस्तो घाटा ३ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्ता पँुजि ६ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको (वार्षिक) ५७ पैसा प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ६५ पैसा रहेको छ ।












