पेट्रोल र डिजलको मूल्य बढ्यो

३० श्रावण २०८०, मंगलवार २२:०९

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

आज राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*