घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

३१ श्रावण २०८०, बुधबार ११:०३

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार सुनसहित चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १०० रुपैयाँले तथा चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोही सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*