रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्यो

१ भाद्र २०८०, शुक्रबार १३:४४

काठमाडौं । गत वर्ष रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब नाघेको छ । रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७८र७९ मा भन्दा २१।२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष रेमिट्यान्स ४।८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२।१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष २।२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत(नयाँ० लिने नेपालीको संख्या ४०।३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*