अरिजित सिंहको लाइभ शोको एकमात्र टिकटिङ पार्टनर ‘खल्ती’

काठमाडौं । ‘खल्ती’ ले अरिजित सिंहको लाईभ म्युजिकल शोमा एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ ।
उक्त सम्झौता पश्चात् गराज इन्टरटेनमेन्ट र एम एन प्रडक्सनले आयोजना गरेको नोभेम्बर २५ मा काठमाडौंको हायात रिजेन्सी ग्राउण्डमा दिउँसो २ बजे सुरु हुने अरिजित सिंहको लाईभ शोको टिकट सबैले ‘खल्ती’ मार्फत किन्न सक्नेछन् ।
अहिले बलिउडका सबैभन्दा लोकप्रिय गायक साथै विश्वव्यापी संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा २०२०–२०२२ को सबैभन्दा स्ट्रिम गरिएको भारतीय कलाकारको रूपमा परिचित छन् । अरिजित सिंहको लाईभ म्युजिकल शोको टिकट सजिलै सुबिधा जनक तवरबाट सङ्गीत प्रेमी प्रयोगकर्ताहरूले प्राप्त गरुन भन्ने प्रतिबद्धताका साथ ‘खल्ती’ ले यो सुबिधा उपलब्ध गराएको जनाएको छ ।
यस सुबिधा उपलब्ध भएसँगै , खल्ती प्रयोगकर्ताहरूले निर्धक्क भई टिकट खरिद गरी आफ्नो स्थान सुरक्षित गर्न सक्ने विश्वास खल्तिले लिएको छ ।
खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा रुपान्तरण भएको छ ।
सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।












