लालपुर्जा बनाउने क्रममा घुस लिने सिरहाका अमिन घुस रकम सहित पक्राउ
६ भाद्र २०८०, बुधबार १७:४८

काठमाडौं । लालपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिने सिरहामा कार्यरत अमिन दिपरन्जन यादवलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियार अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले अमिन यादवलाई सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।












