अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेल सम्मानित

काठमाडौं । नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुरÞ्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ ।
कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मुल्याङ्कन स्वरुप प्रशंसापत्र प्रदान गरको हो ।
मंलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसा पत्रप्रदान गरेका थिए ।
एनसेलले सामाजिक उत्तरदायी संस्थाका रूपमा सुरक्षा र अन्य सरकारी निकायलाई कानुन बमोजिम आवश्यक सहयोग प्रदान गर्दै आएको छ । एनसेलले सुरक्षित समुदाय र समाज विकासमा योगदान दिदै आएको छ ।
नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो ।












