सरकारको आर्थित नीति सहज लागेपछि युनिलिभर नेपालमा लगानी थप्न प्रतिबद्ध

काठमाण्डौं । सरकारले चालू आव २०८०।८१ मा लिएका नीतिहरु सहजिकरण गर्ने खालका भएका कम्पनीका उत्पादनहरुको माग तथा उपभोग समेत बढेपछि युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले नेपालमा थप लगानी बढाउन प्रतिबद्ध रहेको बताएका हुन् ।
मुखर्जीले चालू आवको बजेटमा ट्रान्सफर प्राइसिङको विषय उठाउने भएकाले यसको कार्यान्वयनका लागि पनि जोड दिएका छन् । नेपालका उपभोक्ताका आवश्यकता र मागलाई सम्बोधन गर्दै युनिलितर विगत ३० वर्षदेखि यहाँ रहेको भन्दै थप लगानी विस्तार र नयाँ प्रडक्ट उत्पादन गरिने उनले बताएका छन् ।
अरु देशले जस्तै नेपालले पनि आर्थीक संकट बेहोरेको तर त्यसको व्यवस्थापन राम्रोसँग उनले बताएका छन् । साथै, उच्च प्रविधि तथा मेशिनहरुका साथै डिजिटलाईजेशनलाई पनि महत्व दिइएकोबारेमा उनले प्रष्ट पारेका छन् । हाल उपभोक्ताको क्रयशक्ति घटेतापनि आउने चाडपर्वमा भने आर्थिक गविविधि चलायमान हुने र बजार सहज हुने उनले विश्वास लिएका छन् ।
यसैगरी कम्पनीले आफ्ना उत्पादनको प्याकेजिङका लागि ७० प्रतिशत नेपाली उत्पादन नै उपयोग गरेको उनले प्रष्ट पारेका छन् । त्यस्तै, १० मध्ये ८ घरपरिवारले युनिलिभरका उत्पादन दैनिक प्रयोग गर्ने उनको दावी रहेको छ ।
सरकारले अघि बढाएको विशेष आर्थीक क्षेत्र (सेज) मा नजाने युनिलिभरले जनाएको छ ।आफ्नै जग्गा तथा कारखाना पर्याप्त रहेको भन्दै कम्पनीले सेजमा नजाने उनले बताएका छन् । त्यस्तै, कम्पनीले उद्योगमा प्रयोग हुने प्लास्टिकको पुनः प्रयोगलाई प्राथमिकता दिइने उल्लेख गरेका छन् ।
युनिलिभर नेपालका उत्पादनहरु विभिन्न ब्रान्डबाट उपभोक्तासम्म पुगेको उनको भनाई छ । कम्पनीले दैनिक रुपमा प्रयोग हुने साबुन, डिटरजेन्ट, स्याम्पु, स्किन केयर, टुथपेस्ट, प्याकेज फुडहरु उत्पादन तथा बिक्री गर्दै आएको छ ।












