तीन दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१२ भाद्र २०८०, मंगलवार ११:०३

काठमाडौं । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज मंगलबार ६०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० तथा तेजावी सुन प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*