सुन तस्करीमा नाम जोडिएका कृष्ण बहादुर महराका छोरा राहुल महरा पक्राउ
१३ भाद्र २०८०, बुधबार १६:३६

काठमाडौं । सुन तस्करीमा नाम जोडिएका कृष्ण बहादुर महराका छोरा राहुल महरालाई सिआईबीले पक्राउ गरेको हो ।
२०७९ पुस १० मा दुबईबाट भेपमा सुन लुकाएर तस्करी गर्ने समुहसँग कुष्ण बहादुर महरासहित उनका छोरा राहुल महराको समेत सम्पर्क देखिएको थियो । केन्द्रीय अनुसन्धान व्युरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका मुख्य योजनाकार किटान गरेर प्रतिवेदन पेश गरेको थियो ।
प्रतिवेदनमा मुख्य योजनाकार किटान गरेर पनि बयान समेत नलिएको भन्दै सरकारी वकिल कार्यालयले उनीहरुमाथि छानविन गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले राहुल महरालाई नियन्त्रणमा लिएको पुष्टी गरेकी हुन् ।












