सहकारी विभागले सार्वजनिक गर्यो १३ समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण (सूचीसहित)
१३ भाद्र २०८०, बुधबार १५:४१

काठमाण्डौ । सहकारी विभागले १३ वटा समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ । विभागले भदौ १२ गते एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको हो ।
विभागले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी २०७५ सालमा ९ वटा सहकारी एकैदिन असार १८ गते समस्याग्रस्त घाषणा गरिएको पाइएको छ । २०७५ फागुन १९ गते पनि विभागले एउटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
विभागले २०७४ कात्तिक २० गते ओरेन्टल को–ओपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो । पछिल्लोपटक भने गत साउन १ गते विभागले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।













