सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
१४ भाद्र २०८०, बिहीबार १०:५५

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाजी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ ।
कारोबारको अघिल्लो दिन अर्थात बुधबार छापावाला सुनको मूल्य तोलामा एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाजी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य कारोबारको अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।












