चीनले सार्वजनिक गरेको नक्साप्रति बालेनको आपत्ति, बालेन चीन भ्रमणमा नजाने

१४ भाद्र २०८०, बिहीबार १३:४४

काठमाडौं । केही दिन अघि चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको चुच्चे नक्सालाई हटाएर पहिलेकै नक्सा सार्वजनिक गरेको थियो । चीनको उक्त कार्यप्रति आपत्ति जनाउदै बालेनले चीन भ्रमण जनाने अभिव्यक्ति दिएका छन् ।

नेपालले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । केही दिन अघि चीनले सार्वजनिक गरेको नक्सामा नेपालको नक्साको चुच्चे भाग हटाइएकोमा बालेनले आपत्ति जनाएका हुन् ।

बालेनले आज सामाजिक संजाल फेसबुक मार्फत ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम हो । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु । ’ अभिव्यक्ति दिएका छन् ।

One thought on “चीनले सार्वजनिक गरेको नक्साप्रति बालेनको आपत्ति, बालेन चीन भ्रमणमा नजाने

  1. Tejkumar malla says:

    Very good Balen sir.china cannot published Nepal,s map without permission of Nepal whatever chaina wants.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*