अब ट्वीटरमै भिडियो तथा अडियो कल
१४ भाद्र २०८०, बिहीबार १६:३०

काठमाडौं । केही समय अघि ट्वीटरको लोगो पविर्तन गरी एक्स राखेका ट्वीटरका अध्यक्ष एलन मस्कले ट्वीटरबाटै भिडियो तथा अडियो कलको सुविधा ल्याउने भएका छन् ।
उनले यो सेवा आईओएस तथा एण्ड्रोइड मोबाइल, म्याक र अन्य कम्प्युटरमा पनि उपलब्ध हुने जनाएका छन् । उनले यो सुविधा सबै प्रयोगकर्ताले पाउने हो या ब्लु टिक खरिद गरेका प्रयोगकर्ताले मात्र पाउने हो भन्ने विषयमा भने खुलस्त पारेका छैनन् ।












