‘नाडा अटो शो’ को एक्सक्लुसिभ टिकटिङ्ग पार्टनर –‘खल्ती’ ले २० प्रतिशत क्यास ब्याक दिने

काठमाडौं । ‘खल्ती’ले “नाडा अटो शो २०२३ “ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन् ।
भाद्र २६ देखि भाद्र ३१ सम्म हुन गइरहेको यस एक्स्पोमा बिद्यार्थीले रु १५० र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २०% क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् ।
आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन् ।












