वीर हस्पिटलको ६ तलाबाट हाम फालेर आत्महत्या
१८ भाद्र २०८०, सोमबार १२:४१

काठमाडौं । वीर हस्पिटलको सर्जिकल भवनको छैठौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् ।
आफू बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र छिरेका अन्दाजी ४० वर्षका पुरुषले सोमबार बिहान करिब २।३ बजेतिर ६ तथामाथि गएर हाम फालेका थिए ।
वीर अस्पतालको प्रशासनले उनी बिरामीको आफन्त नरहेको र उनको शव बुझ्न कोही नआएपछि लाश बेवारिसे अवस्थामा रहेको जनाएको छ ।












