हरितालिका तीजको अवसरमा गरिमा क्यापिटलद्वारा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजित

काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” कार्यक्रमको आयोजना गरेको गरेको छ ।
क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो । इच्छुक जोकोहीले यस सेल्फी प्रतियोगितामा भाग लिइ पुरस्कार जित्न सक्नेछन् ।
सहभागीहरुले परम्परागत पोशाकमा खिचेको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको Mentions मा पोष्ट गर्नुपर्ने र फोटो पोष्ट गर्दा #GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited ह्यासट्यागहरु समावेश गनुपर्ने कम्पनीले जनाएको छ । साथै, सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गरेको हुनुपर्नेछ ।
अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी प्रथम हुनेलाई ३ हजार द्वितीय हुनेलाई २ हजार र तृतीय हुनेलाई १ हजार रुपैयाँ दिइने कम्पनीले जनाएको छ । यस प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई समुदायमा समेत एकता र उत्सवको भावना ल्याउने विश्वास कम्पनीले लिएको छ ।












