रुटिन अफ नेपाल बन्दको पेज किन अनपब्लिस भयो ?

१८ भाद्र २०८०, सोमबार १९:५८

काठमाडौं । फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ। पेजका एड्मिन भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिएको भन्दै पेजलाई बन्द भएको घोषणा गरेका हुन्।

उक्त पेज ‘अनपब्लिस’ गरेको भन्दै भिक्टरले अनपब्लिस गरेको स्क्रिनसट पनि पोस्ट गरेका छन्।
उनले लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन ‘’ स्वार्थले खोलेको थिएन तै भएर बाल छैन’ उनले फेसबुकमा लेखेका छन्, ‘बाकि कुरा पछि गरौँला।’ उनले अब आफू स्वतन्त्र भएकोसमेत उल्लेख गरेका छन्।

शनिबार काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले फेसबुकमा सिंहदरवाररमा आगो लगाइदिने धम्की दिएका थिए। यो विषयमा समाजिक सञ्जालमा चर्को आलोचना भयो। उक्त आलोचनालाई मत्थर गर्न रुटिन अफ नेपाल बन्दले काठमाडौँ महानगरका मेयर बालेन्द्र दम्पतीले भर्खरै सन्तान प्राप्ती गरेकोझै प्रतीत हुने गरी आइतबार बधाई दिएको थियो।

९ दिनअघि बालेन दम्पत्तीलाई सन्तान प्राप्ती भएको कुरा मिडियामा सार्वजनिक भयो। यसपछि बालेनको आलोचनालाई मत्थर गर्नका लागि पेज प्रयोग गरेको भन्दै रुटिन अफ नेपाल बन्दको पनि आलोचना भयो। यसपछि उसले केही दिन अघि नै बालेन दम्पतीलाई सन्तान प्राप्ती भएको भनेर एडिट गरेको थियो।

यद्यपि रुटिन अफ नेपाल बन्दले माफी माग्नुपर्ने आवाज उठिरहेको थियो। सञ्जाल प्रयोगकर्ताहरूको माग अनुसार माफी माग्नुको सट्टा एडमिन भिक्टरले पेज नै अनपब्लिस गरेका छन्। यद्यपि के कारणले आफूले बन्द गरेको भनेर भिक्टरले प्रष्टताका साथ भने लेखेका छैनन्। अहिले आफूहरूको पुरानो पेजलाई रिभाइभ गरिएको भन्दै नयाँ पेजमा पहिलेजस्तै गरी स्टाटस लेख्न थालेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*