सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
१९ भाद्र २०८०, मंगलवार ११:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय र चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार ७ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सोमबार छापावाला सुनको मूल्य एक लाख १३ हजार र तेजावी सुनको मूल्य प्रतितोवला एक लाख १२ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
कारोबारका अघिल्लो दिन सोमबार प्रतितोला एक लाख ४६५ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ४४५ रुपैयाँमा कायम भएको छ ।












