घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० भाद्र २०८०, बुधबार १२:१०

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ३०० र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतिताला १ लाख ११ हजार ८५० मा भईरहेको छ ।

अघिल्लो दिन छापावाला सुन १ लाख १२ हजार ७०० र तेजावी सुन १ लाख १२ हजार १५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन १ हजार ४४५ रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*