एमसीसीको विरोध गर्दै कांग्रेस नेतामाथि खुकुरी हान्ने सापकोटालाई स्वागत नेपालको समर्थन, निःशुल्क वकालत गर्ने घोषणा

२० भाद्र २०८०, बुधबार १८:०२

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई नुवाकोटका श्यामबाबु सापकोटाले आज काठमाडौंको भृकुटी मण्डपमा खुकुरी प्रहार गरी घाइते बनाईदिएका छन् । सापकोटाले राष्ट्रघाती एमसीसीका विरुद्धमा सुरु गरेको विद्रोहको अभिवक्ता तथा स्वतन्त्र राजनीतिज्ञ स्वागत नेपालले स्वागत गरेका छन् । हाल झापामा रहेको स्वागत नेपालले बीमापोष्टसँग कुरा गर्दै सापकोटाले कांग्रेसका नेता यादवमाथि खुकुरी हानेको नभई एमसीसी पक्षधर सांसदहरुको समुहको प्रतिनिधित्व गर्ने तत्वमाथि खुकुरी प्रहार गरिएको प्रतिक्रिया दिएका छन् ।

जनताले अब विद्रोह सुरु गरेको बताउँदै अधिवक्ता नेपालले सापकोटालाई बचाउन निःशुल्क कानुनी सहायता उपलब्ध गराउने र उनको पक्षमा दृढता भएर कानुनी लडाई लड्ने घोषणा गरेका छन् । उनले भने, ‘एमसीसी जस्तो राष्ट्रघाती परियोजनाको समर्थकहरुका विरुद्धमा विद्रोह गर्नेहरुलाई कानुनी सहायता उपलब्ध गराउन प्रतिबद्ध छु ।’

रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा भाषण सकेर बाहिरिए लगत्तै सापकोटाले नेता यादवको टाउकोमा ताकेर खुकुरी प्रहार गरेका थिए । सापकोटाले एमसीसीको मतियार भएको भन्दै नेता यादवमाथि खुकुरी प्रहार गरेका थिए । सापकोटाले खुकुरी प्रहार गरे लगत्तै प्रहरीले पक्राउ गरेको थियो भने सापकोटाले एमसीसी मुर्दावाद, एमसीसीका मतियार होसियार जस्ता नाराहरु लगाएका थिए ।

अधिवक्ता स्वागत नेपालले राष्ट्रघाती एमसीसीका विरुद्धमा सबैजना एकजुट भएर प्रतिरोधमा उभिन सकेत आह्वान गरेका छन् ।

3 thoughts on “एमसीसीको विरोध गर्दै कांग्रेस नेतामाथि खुकुरी हान्ने सापकोटालाई स्वागत नेपालको समर्थन, निःशुल्क वकालत गर्ने घोषणा

  1. इशुश्याम नेपाल says:

    एम सि सि का दलाल मतियार हरु सब लाइ एक एक गर्दै छिनाल्दै जानु पर्दछ राष्ट्र भन्दा ठुलो कानुन हुन्न जे गरे ठिक गरे सापकोटाले अब सबै जाग्नु को विकल्प छैन

  2. कृष्ण खत्री says:

    राम्रो अस्ता नेतालाई टुँडिखेलमा लगेर घुमिघुमी उनिहरुको टाउको फुटाउने मन छ साले चोर् नेताहरु

  3. Sunil says:

    Je gare sapkota dai le thikai gare asai gari gau gau baat e dalal harulai lakhetnu parx.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*