इप्पान र जलविद्युत लगानी तथा विकास कम्पनीबीच छलफल

२२ भाद्र २०८०, शुक्रबार १७:०२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था र जलविद्युत लगानी तथा विकास कम्पनीबीच ऊर्जा विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

बिहीवार इप्पान सचिवालयमा भएको छलफलमा बोल्दै एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले जलविद्युत मैत्री नीति निर्माणका निम्ती बहस पैरवी गर्न इप्पानसँग मिलेर जान चाहेको बताए ।

इप्पानका अध्यक्ष गणेश कार्कीले एचआईडीसीएलले अहिले ठूला र सरकारी आयोजनाहरुमा मात्र लगानी केन्द्रीत गरेको भन्दै निजी क्षेत्रका साना आयोजनामा पनि लगानी विविधिकरण गर्न आग्रह गरे । छलफलमा एचआईडीसीएलका तर्फबाट सीईओ गौतमले एचआईडीसीएलको वर्तमान अवस्था वारे प्रस्तुतीकरण दिएका थिए ।

इप्पानका तर्फबाट अध्यक्ष कार्कीसहित उपाध्यक्ष आनन्द चौधरी, उपमहासचिव प्रकाश दुलाल, सचिव कविता कडेल र भरत नेपाल, सदस्यहरु उत्तरकुमार श्रेष्ठ, कुवेर मणि नेपाल, टिएन आचार्य, मिथुन पौडेल र शंकर बश्यालको उपस्थिती थियो । त्यसैगरी सल्लाहकारहरु गुरुप्रसाद न्यौपाने, सुशिल पोखरेल, भानु पोखरेल लगायत उपस्थित रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*