मोरक्कोमा शक्तिशाली भुकम्प, कम्तीमा एक हजारको मृत्यु, उद्धार तथा राहत वितरण कार्य जारी

एजेन्सीहरु । उत्तर अफ्रिकी राष्ट्र मोरक्कोमा शक्तिशाली भुकम्प गएको छ । भुकम्पबाट लाखौं मानिसहरु प्रभावित भएका छन् भने हालसम्म एक हजार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सिएनएनका अनुसार मोरक्को स्थानीय समय अनुसार शुक्रबार राति ११ः११ः०१ बजे ६.८ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको थियो । १८.५ किमी गहिरो भुकम्पको केन्द्रबिन्दु आदाशिल नजिकैको उच्च पहाडी भुभागमा रहेको थियो । भुकम्पको केन्द्रबिन्दु आसपास बाक्लो बस्ती भएकोले ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।

भुकम्पपछि पनि लगातार परकम्पहरु गइरहेकोले उद्धार तथा राहत वितरणमा कठिनाई भइरहेको छ । शुक्रबार राति अधिकांश मोरक्कोबासीहरु घर बाहिर नै बिताएका छन् ।
सिएनएनका अनुसार हालसम्म एक हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा थप विवरण आउन बाँकी रहेको जनाइएको छ । घटनामा हजारौं घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमाहरुमा उपचार भइरहेको छ ।















