मन्त्रिपरिषदद्वारा १६ सचिवको सरुवा, अख्तियारदेखि निर्वाचन आयोग समेतमा हेरफेर

४ फाल्गुन २०७७, मंगलवार ११:५९

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठक १६ जना सचिवको सरुवा गरेको छ । नयाँ सरुवासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयदेखि निर्वाचन आयोग र उपराष्ट्रपति कार्यालयसमेतका सचिवहरुको सरुवा भएको छ ।
गत बिहिवारको निर्णय सोमबार प्रमाणिकरण गरिएको जनाइएको छ । निर्वाचन आयोगमा महेन्द्र गुरागाँई सरुवा भएका छन् । त्यस्तै, लोकसेवा आयोगका सचिव अर्जुन पोखरेल उद्योग मन्त्रालयमा सरुवा भएका छन् ।

सरुवा भएका सचिवहरुको सूचिमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई ल्याइएको छ । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अतिरिक्त समुहमा रहेका सचिव सुमन अर्याललाई प्रदेश १ का प्रमुख सचिवमा सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा तोयम राया आएका छ । उनलाई उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट त्यहाँ ल्याइएको हो । त्यस्तै, अख्तियारका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोग सरुवा भएको छ । उता, उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपाने युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । उपराष्ट्रपति कार्यालयमा निर्वाचन आयोगबाट देवकुमारी गुरागाइँ सरुवा भएकी छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्य नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै पुननिर्माण प्राधिकरणमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलालको सरुवा गरिएको छ । नेपाल ट्रस्टका सचिव देवेन्द्र कार्कीलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । सरकारले शिक्षा मन्त्रालयमा युवा तथा खेलकुदका सचिव रामप्रसाद थपलियालाई ल्याएको छ भने शिक्षा सचिव गोपीनाथ मैनाली वित्त आयोगमा पुर्याइएका छन् । त्यस्तै वित्त आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेल भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सरुवा भएका छन् । भूमि मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरकारले सरुवा गरिएको छ भने सार्वजनिक खरिद कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*